2 years ago
July 1, 2023
हिमाल खरेल, विराटनगर
प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका जोडीलाई हराउँदै कोशी प्रदेशको जोडी फाइनल पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा लुम्बिनीका सुरज चौधरी र कुमार गिरीको जोडीलाई ५–१ को सेटमा हराउँदै कोशीका युकेश योञ्जन र आशिष बोहोराले फाइनलको यात्रा तय गरेका हुन् ।
त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा एपिएफका कमल भण्डारी र भीमबहादुर थापा मगरको जोडीलाई ५–१ को सेटमा पराजित गर्दै कोशीका आभाष बुढाथोकी र असलेश ढकालको जोडीले आफ्नै प्रदेशको जोडीसँग भेट निश्चित गरेको हो । सेमिफाइनलमा पराजित लुम्बिनी र एपिएफका खेलाडी कास्य पदकमा सीमित भए ।
प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि शनिबार हुने छन् । मिक्स डबल्सका खेल पनि शनिबारै हुने छन् ।
प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीको सहभागि छन् ।
सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]