default_image

1 year ago

June 30, 2023

सुदूरपश्चिमको स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा क्रिकेटले वर्चस्व कायम गरेको छ । मुख्य विधामध्य वर्ष पुरुष खेलाडी, युवा खेलाडी र वर्ष प्रशिक्षकको अवार्डमा क्रिकेटले बाजी मारेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओलीले वर्ष खेलाडी अवार्ड हासिल गरेका हुन् । दुवै विजेतालाई जनही ३५ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पारे । दीपेन्द्रले गतवर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याएका थिए । साथै उनी गतवर्ष टी २० अन्तराष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बनेका थिए ।

यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी उमेर समुह वा सिनियर साफ च्याम्पीयनसीप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि खडेरी तोड्दै ह्याटिक सहित ५ गोल गर्ने खेलाडी समेत हुन् ।

गतवर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पीयनसीपमा बंगलादेश विरुद्धको जित हात पार्दा उनले निर्णायक गोल गरेकी थिइन । उनले गतवर्ष यु १७ साफ च्याम्पीयनसीपमा ३ गोल समेत गरेकी थिइन । यस्तै उनी एफसी छनोटका सबै खेल खेल्दै गोल गर्ने नेपाली खेलाडी समेत हुन् ।

यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते । उनले अवार्डसँगै २५ हजार रुपैयाँ पाए । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले प्राप्त गरे । उनले अवार्डसँगै ३० हजार रुपैयाँ प्राप्त गरे । टमटाले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराएका थिए । उनी ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् । उनले नेपाली महिला क्रिकेट टोलीलाई कतार विरुद्धको सिरिज जिताएका पनि थिए । उनले कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतमलाई पछि पारे ।

सुदुरपश्चिम आईकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । शाहीले ९ औ राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए । उनले फुटबलका जियारत सेख (फुटबल) र आनन्द कामी (कराँते)लाई पछि पारेका हुन् ।

सुदुरपश्चिम आईकन महिला फुटबलकी दिपा रोकाया घोषित भईन । दीपाको कप्तानीमा नेपालले गतवर्र्ष पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जितेको थियो । उनले कविता कुँवर (क्रिकेट) र मनिषा सिंह (कुस्ती)लाई पछि पार्दै उक्त अवार्ड जितेकी थिएन । दुवै आईकन खेलाडीले जनही २० हजार रुपैयाँ पाए ।

लाइफ टाइम एचिभमेन्ट विष्टलाई

भलिबलका प्रशिक्षक सहदेव विष्टलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो । २०२२ सालमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएका विष्टले कलिलै उमेर देखि भलिबल खेल्न थालेका हुन् ।

स्कुलमा पढ्दा पढ्दै विरेन्द्र सिल्डको पहिलो सहभागीतामै उत्कृष्ट खेलाडी बनेका विष्टले त्यही प्रतियोगिता हुदैं क्षेत्रीय टीममा परेर धनकुटामा राष्ट्रिय प्रतियोगिता खेलेका थिए । जहाँ साविकको सुदूरपश्चिम विकास क्षेत्र तेस्रो भएको थियो । ०४२ सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि उनको ढोका नेपाली राष्ट्रिय भलिबल टीमका लागि खुल्यो । त्यस क्रममा भएका मैत्रीपूर्ण प्रतियोगितामा २० वर्षे उमेरमै तहल्का मच्चाए ।

काठमाडौं र उत्तर प्रदेशमा भएका मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९८६ मा दक्षिण कोरियाको सोलमा हुने एसियाली खेलकुदका लागि छनोट भए । नेपाली भलिबल टीमले त्यसयता एशियन गेमको अनुभव लिन पाएको छैन । एसियाली खेलकुदमा सहभागीता जनाउने उनी सुदूरपश्चिमका एक मात्रै खेलाडी हुन् ।

स्पेशल अवार्ड चन्द र कामीलाई

कुस्तीका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो ।

यस्तै कैलालीको गोदावरी नगरपालिका– १२ ओलानीमा कपाल काट्ने सैलुन समेत गरिरहेका करातेका आनन्द कामीले ०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका थिए । पर्वतको कुश्मामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका उनलाई स्पेशल अवार्ड प्रदान गरिएको खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले बताए ।

स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.