default_image

2 years ago

June 27, 2023

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध अवहेलनाको मुद्दा दायर

257 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । विराटनगरका अधिवक्ता उद्धवचन्द्र घिमिरेले मंगलबार उच्च अदालत मोरङमा सो मुद्दा दायर गरेका हुन् ।

मन्त्री राजभण्डारीले असार १० गते विराटनगरको शिक्षादिप कलेजमा भएको एक कार्यक्रममा उच्च अदालत मोरङका न्यायाधीशविरुद्ध अभिव्यक्ति दिएका थिए । मन्त्री राजभण्डारीले न्यायाधीशले रकम लिएर फैसला गरेको तथा उनीहरु जनताका कलंक हुन्, फटाह हुन् भनी अभिव्यक्ति दिएका थिए ।

मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेको मुद्दाको विषयमा न्यायाधीशले रकम खाएर फैसला गरेको आरोप लगाएका थिए । मन्त्री राजभण्डारीले वाग्लेले आफूसँग सल्लाह नगरी तथा दमकमा भएको भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको भन्दै स्पष्टीकरण सोध्दै बर्खास्ती गरेका थिए । सो बर्खास्तीविरुद्ध वाग्ले न्यायका लागि अदालत गएका थिए ।

न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजन भट्टराईको इजलासले वाग्लेको पक्षमा फैसला गर्दै निर्णय सुनाएको थियो । अधिवक्ता घिमिरेले मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा हदैसम्मको कैद तथा जरिवाना मागसहित मुद्दा दायर गरेका हुन् । मन्त्री राजभण्डारीले दिएको अभिव्यक्ति विभिन्न सञ्चारमाध्यममा भिडियोसहित प्रकाशन तथा प्रशारण भएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.