2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सबै ६ खेलमा हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानमा भएको काभा नेसन्स लिग भलिबल च्याम्पियनसिप यात्राको अन्त्य गरेको छ ।
आइतबार भएको आफ्नो अन्तिम खेलमा नेपाली टोली उज्वेकिस्तानसँग ३–० ले पराजित भएको थियो । अन्तिम खेलमा कडा टक्कर दिने प्रयास गरेपनि नेपाललाई उज्वेकिस्तानले २५–२१,२५–२२ र २५–२३ ले हराएको थियो ।
नेपाल पहिलो खेलमा मंगोलिया, दोस्रोमा आयोजक कीर्गिस्तान, तेस्रोमा इरान, चौथोमा तुर्किमिनिस्तान, पाँचौंमा कीर्गिस्तान ‘बी’ सँग हार बेहोरेको थियो । च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहेको थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]