2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाने भएको छ ।
प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने नेपाल गल्फ संघले जानकारी दिएको छ ।
नेपाल नम्बर १ प्रो शुक्र हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् । उनी एक महिना पश्चात बैंगलुरुमा अन्य टोली भएको पुग्ने संघका सदस्य तथा युवा विकास निर्देशक दिपक आचार्यले जानकारी दिए । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र गल्फ संघका अध्यक्ष टासी घलेले खेलाडीलाई शुक्रबार बिदाइ गरे ।
गल्फ खेलाडीहरूले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिक सत्रका साथ तालिम लिने बताइएको छ । गल्फ खेलाडीहरू सेप्टेम्बर २० सम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने हाङ्झाओ एसियाली खेलकुदमा सहभागी हुनेछन् । एकेडेमीका निर्देशक तथा पूर्व भारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुनेछ ।
यसैबीच सुवास र सदभावले अर्किड कन्ट्री क्लबमा जुलाई १५ देखि १९ सम्म हुने सिंगापुर एमेच्योर ओपनमा समेत सहभागी हुनेछन् । एनजीएले गल्फ खेलको विकासमा गरेको कार्य उदाहरणीय रहेको र अन्य राष्ट्रिय संघले पनि यसरी नै काम गर्नुपर्ने सदस्य सचिव घिसिङले बताए । उनले थपे ,’ हामी टोलीका लागि हवाई भाडा र प्रशिक्षण लगायत सबै व्यवस्थापन गर्नेछौं र यसको बदलामा खेलाडीहरूबाट नतिजा चाहन्छौं।’
एनजीए अध्यक्ष घलेले बैंगलुरुमा बन्द शिविरको व्यवस्थापनको लागि परिषदलाई धन्यवाद दिए । ‘वर्षाको मौसम र उपकरणको अभावले हामी यहाँ प्रशिक्षण गर्न सक्दैनौं । हामीले दक्षिण एसियाली खेलकुद अघि दुई हप्ताको तालिम लिएका थियौं र त्यो खेलाडीहरूको लागि फलदायी थियो,’ घलेले भने– ‘खेलाडीहरूले आगामी तीन महिना सेनाजस्तै कडा मिहिनेत गर्नुपर्ने छ ।’
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]