2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् ।
ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे । नेपपाल बक्सिङले उत्कृष्ट संघको अवार्ड प्राप्त गर्यो ।
सन्चारकर्मीलाई पनि अवार्ड
चार पत्रकार पनि एनओसी अवार्डबाट सम्मानित भएका छन् । सिलापत्रका सरोज तामाङले उत्कृष्ट मल्टी मिडिया, प्रजित शाक्यले उत्कृष्ट छापामाध्यम, प्रज्वल शाक्यले उत्कृष्ट भिज्युल मिडिया र सुनिता डंगोलले उत्कृष्ट फोटो पत्रकारको अवार्ड प्राप्त गरे । ओलम्पियन रघुराज वन्तको नेतृत्वमा रहेको जज प्यानलले अवार्ड विजेताको घोषणा गरेको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व अध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधान, एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यसहित अन्य पदाधिकारी र सदस्यले अवार्ड प्रदान गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]