2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा आज (शुक्रबार) घरेलु टोली किर्गिस्तान ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र किर्गिस्तान ‘बी’ बीचको खेल विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाल िसमयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।
लिग चरणको शुरुवाती सबै चार खेलमा हार बेहोरेको नेपाल किर्गिस्तानको ‘बी’ टोलीलाई पराजित गर्दै नेसन्स लिगमा पहिलो जितको लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोलीले राम्रो प्रदर्शन गरेपनि लगातार फिनिसिङ पोइन्टमा चुकिरहेको छ ।
नेपाली त्यही फिनिसिङलाई सुधार गर्दै कोर्टमा उत्रनेछ । तुर्केमिनिस्तानविरुद्ध सेट पोइन्टमा पुगेपनि नेपाललेल लगतार ३ अंक गुमाउँदै सेट नै गुमाउन पुगेको थियो ।
एसियाकै पावर हाउस इरानसँग मात्रै ३–० को सोझो सेटमा पराजित भएको नेपालले मंगोलिया, किर्गिस्तान र तुर्केमिनिस्तानसँग समान ३–१ को सेटमा नतिजा सुम्पिएको छ । नेपालले चार खेलमा १५ सेट खेल्दा १२ सेट गुमाएको छ । ३ सेट जितेको छ ।
टोलीसँग कप्तान हरि हजुर थापासँगै मान बहादुर श्रेष्ठ, हेमन्त बहादुर मल्ल, दुर्गा बहादुर खड्का, हरि अधिकारी, धन बहादुर भट्ट क्षेत्री, टेक राज अवस्थी, रविन चन्द र भीम गाहा छन् । यस्तै टोलीसँग राजेन्द्र विष्ट, लोकेन्द्र गिरी र सफल विक पनि टोलीमा छन् ।
यता, किर्गितानको ‘बी’ टोली नेपाललाई हराएर नेसन्स लिगमा दोस्रो जितको खोजीमा हुनेछ । किर्गिस्तानले तुर्केमिनिस्तानलाई ३–१ को सेटमा हराउँदा मंगोलिया र उज्वेकिस्तानसँग पराजित भएको थियो । किर्गिस्तानको ‘बी’ टोलीसँगको खेलपछि नेपालले लिग चराण्को अन्तिम खेलमा आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।
इरान, किर्गिस्तान र मंगोलियाको समान ९ अंक रहेपनि इरान, पहिलो, किर्गिस्तान दोस्रो र मंगोलिया तेस्रो स्थानमा छ । समान ३ अंक रहेपनि तुर्केमिनिस्तान चौथो, किर्गिस्तान ‘बी’ पाँचौ र उज्वेकिस्तान छैटौं स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]