default_image

2 years ago

June 20, 2023

अमेरिकामा दीपक र आयाशा सम्मानित

329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य सम्मानित भएका छन् ।

सुदूर पश्चिम समाज न्यूयोर्कले मंगलबार तेक्वान्दो खेलमार्फत सुदूरपश्चिम र देशको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । उनीहरलाई कदर पत्रसहित सम्मान गरिएको छ । विष्ट दम्पती २ छोरासहित गत साता अमेरिका भ्रमणमा निस्केका हुन् ।

नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, सुदूर पश्चिम समाजका अध्यक्ष राम बहादुर देउवा, सल्लाहकार जीवन बम, पूर्व अध्यक्ष गणेश बिष्ट लगायतले दीपक र आयशालाई सम्मान गरेका हुन् । जन सम्पर्क समितिका सभापति बिष्टले खेल मार्फत देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन बिष्ट र शाक्यले पु¥याएको योगदान देशले कहिल्यै नबिर्सिने बताए ।

‘हरेक खेलाडीले दीपक बिष्ट र आयशा शाक्य जस्तै किर्तिमानी र सफल बन्ने सपना देख्छन्,’ सभापति बिष्टले भने, ‘सुदूर पश्चिमका लागि यो गर्वको विषय हो ।’ समाजका उपाध्यक्ष दान विष्ट, सल्लाहकार जीवन बम, पूर्व अध्यक्ष बिष्ट, उपाध्यक्ष नविन ओझाले उनीहरुको खेल जीवनको प्रशंसा गरे । दीपकले आफूलाई सम्मान गरेकोमा सुदूर पश्चिम समाज न्यूयोर्कलाई धन्यवाद दिए ।

विष्ट दम्पत्तीले सागमा ७ वटा स्वर्ण पदक जितेका छन् । आठौं देखि ११ औं साग सम्म लगातार स्वर्ण पदक जितेका दीपकले एसियाली खेलकुदमा २ कास्य पदक जितेका छन् । छनोट भएर ओलम्पिक खेल्ने दीपक दोस्रो नेपाली खेलाडी हुन् ।

छनोट भएर ओलम्पिक खेल्नेमा तेक्वान्दोकै संगिना वैद्य हुन् । सन् २००६ को एसियाडमा दीपकसँगै कास्य पदक जितेकी आयशाले स्वदेशमा चार वर्षअघि आयोजना भएको १३ औं सागम पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् । उनीहरु अर्को महिना स्वदेश फर्कनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.