2 years ago
June 19, 2023
गोरखा (हाम्रो खेलकुद)– ओल्ड क्यापिटल रानीवनले मिस्टर बी अन्तरविद्यालय गोर्खाली कप फुटबल उपाधि जितेको छ ।गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान आइतबार भएको फाइनलमा दिर्घेश्वर मावि फुजेललाई टाइब्रेकरमा ५–४ ले हराउँदै ओल्ड क्यापिटलले उपाधि जितेको हो ।
निर्धारित समय ३–३ को बराबबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।विजेता टोलीले उपाधिसहित ३० हजार र दोस्रो भएको टोली १५ हजार रुपैयाँ प्राप्त गर्यो । फाइनलमा ओल्ड क्यापिटलका राजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।
ओल्ड क्यापिटलकै परसुन तामाङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगितामा बालमन्दिर माविका बल बहादुर गुरुङ उत्कृष्ट गोलकिपर, दिर्घेश्वर माविका अनिष गुरुङ उत्कृष्ट डिफेन्डर, दिर्घेश्वरका समिर गुरुङ उत्कृष्ट स्ट्राइकर र ओल्ड क्यापिटलका विलाश गुरुङ उत्कृष्ट मिड फिल्डर चुनिए । जेठ २९ गते सन्चालित प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता थियो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]