2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय गल्फ टोलीका खेलाडी सदभाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् ।
जुन ११ देखि १६ सम्म बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी एकेडेमीको समापन समारोहमा सदभावले अवार्ड प्राप्त गरेका हुन् ।
सदभावलाई नेपाल गल्फ संघ मार्फत एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले तालिमका लागि निमन्त्रणा गरेको थियो । कोचिङ, खेलकुद विज्ञान, फिटनेस र अन्य क्षेत्रहरूमा विशेषज्ञहरूको टोलीले सहभागीहरूको लागि तालिमका सत्रहरू सञ्चालन गरेका थिए। खेलका विभिन्न पक्ष, डाटा एनालाइजिङ, ट्र्याकम्यान र क्लब फिटिङबारे पाठ सिक्नुका साथै गल्फरहरूले अमाता स्प्रिङमा गल्फ खेलेका थिए।
एएसी एकेडेमीले खेलाडीहरूको क्षमता र सीप अभिवृद्धि गर्न र अक्टोबर २६ देखि २९ सम्म अस्ट्रेलियाको रोयल मेलबर्न गल्फ क्लबमा हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको लागि तयारी गरेको हो।
नेपाल नम्बर १ एमेच्योर गल्फर सुवास तामाङले मे महिनामा मेलबर्नको एएसी एकेडेमीमा भाग लिएका थिए। सुवास र सद्भावले अस्ट्रेलियामा हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिनेछन् । उनीहरु यसै वर्ष चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि पनि टोलीमा छन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]