2 years ago
June 17, 2023
पोखरा (हाम्रो खेलकुद)- चीनको हान्जाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि ४ आर्चरी खेलाडी छनोट भएका छन् । छनोट हुनेमा २ महिला र २ पुरुष खेलाडी छन् ।
नेपाली सेनाकी मन्जु बजगाई रिकर्भरमा र सेनाकै इमायुङ राई कम्पाउन्डमा छनोट भएकी हुन् । मन्जु १०७० अंक र इमायुङ १३०३ अंकका साथ छानिएकी हुन् ।
नेपाल प्रहरीका तिलक पुन मगर रिकर्भर र गण्डकी प्रदेशका योगेन्द्र शेरचन कम्पाउन्डमा एसियाडका लागि छनोट भएका छन् । तिलक १२६७ अंक र योगेन्द्रले छनोट प्रतिस्पर्धामा १२८९ अंक जोडेका हुन् ।
छनोट भएका खेलाडीले एसियाडमा १० इभेण्टमध्ये ६ इभेण्टमा प्रतिस्पर्धा गर्ने नेपाल आर्चरी संघले जनाएको छ । ११औं राष्ट्रिय आर्चरी प्रतियोगिता बाट छनोट भएका १४ खेलाडीले एसियाडको छनोटका लागि प्रतिस्पर्धा गरेका थिए। असोज ६ गतेदेखि २१ गते सम्म सन्चालन हुने एसियाडमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]