default_image

2 years ago

June 16, 2023

१९ औं एसियाडका लागि अब एक सय दिन बाँकी

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ ।


राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एसियाडमा भाग लिनका लागि सबै खेलाडी तयारीमा जुटेको उल्लेख गर्दै खेलाडीले अझै कडा मेहेनत गरेर जितका लागि प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । एसियाडका लागि व्यग्रताका साथ प्रतीक्षा भइरहेको र खेलाडीहरु पनि उत्साहित रहेको मन्त्री लिम्बुले बताए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले एसियाडका लागि गत वर्षबाटै तयारीमा जुटेको जनाउँदै त्यसको नवौं राष्ट्रिय खेलकुदमा ६ हजार १ सय २७ खेलाडीले सहभागी रहेको स्मरण गरे । घिसिङ राखेपको जेठ ७ गते बसेको बोर्ड बैठकले एसियाडमा २९ खेलको सहभागिता गर्ने निर्णय गरेसँगै तयारीले थप गति लिएको बताएका छन् ।

उनले गत मंसिरमा सरकारले खेलकुद नियमावली पारित गरेसँगै त्यसमा पुरस्कार राशीको तोकिएको जानकारी दिए । घिसिङका अनुसार एसियाडमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने खेलाडीले ३२ लाख ५० हजार, रजत जित्नेले १९ लाख ५०, कास्य जित्नेले १३ लाख रुपैयाँ प्राप्त गर्ने बताए । त्यस्तै समूहगत खेलका खेलाडीले स्वर्णका लागि जनही १३ लाख , रजत जित्नेले ६ लाख ५० र कास्य जित्नेले ३ लाख ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै स्वर्ण जित्ने खेलका मुख्य प्रशिक्षक ६ लाख ५० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक , फिजियोले समान ३ लाख ५० हजार र सम्बन्धित खेल संघले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै रजत पदक जित्ने खेलका मुख्य प्रशिक्षक ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियाले समान १ लाख ९५ हजार र संघलाई ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । कास्य पदक जित्ने खेलका मुख्य प्रशिक्षकले २ लाख ६०,सहायक प्रशिक्षक,व्यस्थापक, फिजियोले समान १ लाख ३० हजार र संघले ३ लाख ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमलाई सहयोग पुर्याउने संघ संस्था र व्यक्तिलाई प्रशांसा पत्र प्रदान गरिएको थियो । पौडी, कराते, तेक्वान्दोको प्रर्दशनिय खेल र बि बोइङ प्रदर्शन गरिएको थियो । गायक दीपक ब्रजाचार्यको समूहले सांगितिक प्रस्तुती दिएको थियो । १९ औं एसियाड असोज ६ गते देखि २१ गते सम्म सन्चालन हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.