default_image

2 years ago

June 16, 2023

दक्षिण एसियाली बुद्धिचाल – नुबैरको एकल अग्रता कायम

238 views

0 Bookmark

लतिलपुर (हाम्रो खेलकुद)– साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन शुक्रबार पाँचौं चरणको समाप्तीमा पनि भारतीय २४१४ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेखले आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले ५ खेलको समाप्तीमा साढे ४ अंक जोड्दै एकल अग्रतालाई यथावत राखेका हुन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर २०४६ रेटेड अमिर करिम ४ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । नुबैरलाई चौथौं चरणको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर २१४६ रेटेड रुपेश जैसवालले बराबरी गरे । नुबैरले पाँचौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामालाई पराजित गरेका छन् ।

रुपेशले नुबैर बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा कालो गोटी लिएर खेल सुरुवात गरेका थिए । खेलको मध्य भागसम्म पुग्दा खेल कठिन मोडमा पुगे । दुबै खेलाडीले खतरा मोल्न चाहेनन् र खेलको ३९ औं चालमा बराबरी गर्न दुबै सहमत भए। सुरवीरले नुबैरलाई राम्रो टक्कर दिए पनि खेलको ४४ औं चालमा खेल त्याग्न बाध्य भए । खेलमा उच्च वरियताका भारतका ग्रान्ड मास्टर सयतनको लागि चाौथौं र पाँचौ चरणको खेल सुखद रह्यो ।

सयतनले चौथो चरणको खेलमा बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई पराजित गरे भने पाँचौ चरणको नेपालका फिडे मास्टर २०२८ रेटेड क्षितिज भण्डारीलाई माथ दिए । त्यसैगरी पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले पनि दुबै खेलमा सफलता हात पारे । उनले पाँचौ चरणको खेलमा नेपालका १८२८ रेटेड पुरुषोत्तम सिलवाललाई माथ दिए भने त्यसअघिको खेलमा बंगलादेशका फिडे मास्टर २२१२ रेटेड हसन पराग मोहमदलाई निरास बनाए ।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी च्याम्पियनसिपमा नेपालका रुपेश जैसवाल , क्षितिज भण्डारी र बंगलादेशका हसन पराग मोहम्मदले साढे २ अंक जोडेका छन् । पुरुषोत्तम सिलवाल र अब्दुल मलेक मोहम्मदको २ अंक छ ।

महिलामा शाक्षीको अग्रता

महिलातर्फ तेस्रो र चौथो चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले ४ अंकका साथ एकल अग्रतालाई कायम राखेकी छिन् । १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा ३ अंक सहित दोस्रो स्थानमा छिन् ।

साक्षीले चौथो चरणको खेलमा दोस्रो चरणको खेलसम्म संयुक्त अग्रता लिएकी बंगलादेशका वदिफा अहमद माथी बाजि मारिन् । उनले तेस्रो चरणको खेलमा माल्दिभ्सकी नुहा रिजवानसंग वाक ओभर पाइन् । वादिफाले चौथौ चरणको खेलमा नेपालका १३३६ रेटेड शुसिला गुरुङलाई पराजित गरिन् ।

महिला राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेड सुजना लोहनी र १८५२ रेटेड जन्नतउल फेडोस साढे २ अंक हासिल गरिल संयुक्तरूपमा तेस्रो स्थानमा छन् । सुजनाको लागि तेस्रो र चौथो चरणको खेल राम्रो रह्यो । उनले तेस्रो चरणको खेलमा रिया श्रेष्ठलाई हराइन भने चौथो चरणको खेलमा बंगलादेशकी जन्नतउलसंग बराबरी खेलिन् । नेपालका शान्ति धिमाल र रिया श्रेष्ठलेले २ अंक जाडेकी छन् ।

छ दिनसम्म संचालन हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँ पालिका र ललितपुर जिल्ला समन्वय समितिको सहयोग रहेको छ ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.