2 years ago
June 16, 2023
हिमाल खरेल, बिर्तामोड
नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक बजेट छुट्टिए पनि नामको विवादले गर्दा निर्माण हुन सकेको छैन ।
नामकरणका विषयलाई लिएर विवाद हुँदा निर्माण कार्य अलपत्र हुन पुगेको थियो । गत वर्ष प्रदेश सरकारबाट छुट्टिएको १ करोड बजेट समेत फ्रिज भएको थियो । दमकबाट दुई किलोमिटर पूर्व पूर्वपश्चिम राजमार्गसँग जोडिएको आदिवासी जनजातिहरुको चिहानस्थललाई नष्ट गरी सो स्थानमा रंगशाला निर्माण गर्ने योजना अघि सारिएको थियो ।
केपी शर्मा ओली सरकारको पालामा आदिवासी रंगशाला तथा स्मृति पार्कको सट्टा मदन भण्डारी स्मृति रंगशालाको नाममा बजेट विनियोजन गरिएपछि काम हुन सकेन । स्थानीयबासी तथा पार्क समितिका पदाधिकारीले गलत शीर्षकमा सरकारले बजेट छुट्याएको भन्दै काम अघि बढाएनन् ।
आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमसहितको बजेटमा रंगशालाको निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो । रंगशालाका महासचिव दिपेनवाला राईले रंगशाला समिति तथा गाउँपालिकाको पहलमा बजेट छुट्टिएको बताए । रंगशालाको डिपिआरसहित घेराबेरा लगायतका संरचना निर्माण गर्न बजेट विनियोजन भएको उनको भनाइ छ ।
यसअघि समेत रंगशालाको निर्माणमा संघीय सरकारबाट पटकपटक गरी ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्टिए पनि आधा रकमको काम मात्र भएको छ । २०६७ सालदेखि त्यहाँका आदिवासी जनजातिका ७ सयभन्दा बढी चिहानहरु नष्ट गरी उनीहरुको स्मृतिमा आदिवासी रंगशाला निर्माण कार्य सुरु भएको थियो ।
रंगशालाका महासचिव राईका अनुसार संघीय सरकारको चालु वर्षको १० लाख रुपैयाँको बजेटबाट रंगशालाको पूर्वतर्फ रहेको दाहसंस्कार स्थललाई व्यवस्थित गर्नका लागि प्रारिम्भक चरणका घेराबेरा लगायतका संरचना निर्माणका काम भइरहेका छन् । त्यहाँ यसअघि समेत प्रदेशकै १० लाख बजेटबाट मलामीगृह तथा शौचालय समेत निर्माण गरिएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]