2 years ago
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् ।
महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी मुनी र इन्दिरा बस्नेत ६७ केजी मुनीको तौल समूहमा छनोट भएकी हुन् ।
त्यस्तै पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु ग्यरोगीतर्फ राहुल कुमाल ५८ केजी मुनी, गोविन्दबहादुर आले ६३ केजी मुनी, वीरबहादुर महरा ६८ केजी मुनी, अभिषेक बराल ८० केजी मुनी र ज्याकी यादव ८० केजी माथिको तौल समूहमा छनोट भएका छन् । एसियाली खेलकुद असोज ६ देखि २१ गते सम्म हुने छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]