2 years ago
June 15, 2023
ललितपुर (हाम्रो खेलकुद)- साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतीय २४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन्।
नुबैरले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरि ३ अंक सहित एकल अग्रता लिएका हुन्। कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै गल्ती गर्न पुगे र नुबैरलाई घोडा उपहार दिए। लगत्तै नुबैरले दबाब बढाउँदै खेलको ३९ औं चालमा बाजी मार्न सफल भए।
उनले तेस्रो चरणको खेलमा पाकिस्तानका २२२४ फिडे मास्टर अमिर करिम माथि सफलता हात पारे।
सेतो गोटी लिएर नुबैरले ईङलिस ओपनिङ प्रणालीमा खेल सुरुवात गरे। कालो गोटी लिएका अमिरले खेलको सातौ चालमा नै उँट बलिदान गरि प्यादा २ वटा लिएर नुबैरलाइ दबाबमा राख्न खोजे । रक्षात्मक खेलमा माहिर नुबैरले अमिरको हरेक चाललाइ विफल पार्दै अन्ततः खेलको २१ औं चालमा अमिरलाइ खेल त्याग बाध्य बनाए।
बंगलादेश फिडे मास्टर २२०६ रेटेड हसन पराग मेहन्दी साढे २ अंक सहित दोस्रो स्थानमा छन्। दोस्रो चरणको खेलमा बंगलादेशकै अब्दुल मलेक मोहम्मदलाई प्रतिस्पर्धात्मक खेलको ६२ औं चालमा निरास बनाए भने तेस्रो चरणको खेलमा नेपालका २०२८ रेटेड क्षितिज भण्डारीसंग बराबरी खेल्दै अंक बाँडेका थिए।
नेपालका पुरुषोत्तम सिलवाल ,भारतीय ग्राण्ड मास्टर सत्यन दास र पाकिस्तानका अमिर करिमले २ अंक सहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन्।
पुरुषोत्तमले दोस्रो चरणको खेलमा नेपाल कै पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई रोचक खेलमा पन्छाउन सफल भए भने सत्यनले भारतका डिक्चेन दोर्जीलाई दोस्रो चरणको खेलमा र तेस्रो चरणको खेलमा पुरुषोत्तमलाई हराए। अमिरले तेस्रोपटक चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई पराजित गरेका थिए।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा संचालन भइरहेको प्रतियोगिताको महिलातर्फ दोस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्द र १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा २ अंक सहित संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन्।
साक्षीले पहिलो चरणको खेलमा नेपालका फिडे मास्टर सुजना लोहनीलाई निरास गरे भने दोस्रो चरणमा नेपालकै रिया श्रेष्ठ माथी जित निकालेका थिए। त्यसैगरी वहिदाले दोस्रो चरणको खेलमा माल्दिप्सका ११०८ रेटेड खेलाडी नुहा रिवानलाई र पहिलो चरणमा रिया श्रेष्ठलाई निराश पारिन् ।
नेपालका शुसिला गुरुङ , सुजना लोहनी , शान्ति धिमाल र बंगलादेशका फेरदोस जन्नतुलले १ अंक जोडेका छन्।
सुशिलाले पहिलो चरणको खेलमा फेरदोस जन्नतुललाई पराजित गरिन् चने दोस्रो चरणको खेलमा सुजनासंग हारिन। पहिलो चरणको खेलमा माल्दिप्सका नुहा रिवानलाई हराएका शान्ति दोस्रो चरणको खेलमा फेरदोससंग निराश भइन् ।
छ दिनसम्म संचालन हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु ललितपुर महानगरपालिका , महालक्ष्मी नगर पालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँ पालिका र ललितपुर जिल्ला समन्वय समितिको सहयोग रहेको छ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]