2 years ago
June 15, 2023
हिमाल खरेल, इटहरी
कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।
पुलिसले एपिएफलाई २५–१९, २५–१४ र २५–१८ को सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले सेमिफाइनलमा बागमती प्रदेशलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।
उपाधिसँगै पुलिसले तीन लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द भइन् । उनले ५५ हजार रुपैयाँ पाइन् । त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो पुलिसकी शान्तिकला तामाङ भए ।
प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उत्कृष्ट विधामा परेका खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको थियो।
यसैबीच, प्रतियोगिताको अवसर पारेर बोर्डले अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनिता बुढाथोकी र सुनिता खड्कालाई सम्मान गरेको छ ।
खेलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदेशलाई चिनाउन भूमिका खेलेको भन्दै उनीहरुलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । विनिता झापा दमककी हुन् भने सुनिता ओखलढुंगा सुनकोशीकी हुन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।