2 years ago
June 13, 2023
हिमाल खरेल, बिर्तामोड
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो । बागमतीले कोशीविरुद्ध २५–१०, २५–१८ र २५–१३ ले सेटमा जित निकालेको थियो । खेलको प्लेयर अफ द म्याच बागमतीकी रिमा कुँवर भइन् ।
यसअघि सोमबार राति भएको उद्धघाटन खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।
आर्मीले लुम्बिनीलाई हरायो
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज बिहान इटहरी रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै राखेको छ ।
यसअघि आर्मी पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । आजको खेलमा आर्मीले लुम्बिनीलाई २५–१२, २५–१९ र २५–१८ को सेटमा हराएर पुलिससँग अंक बराबर बनाएको छ । आज साँझ हुने पुलिस र लुम्बिनी प्रदेशबीचको खेलले समूह बी बाट सेमिफाइनल प्रवेशको छिनोफानो गर्नेछ ।
दुई खेल खेलेको आर्मीको ३ अंक छ भने समान एकएक खेल खेलेका पुलिसको ३ र लुम्बिनी अंकविहीन छ । आजै साँझ कोशी प्रदेशले बागमती प्रदेशको सामना गर्दैछ । यो खेलको विजेता समूह ए को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।