2 years ago
June 10, 2023
हिमाल खरेल, बिर्तामोड
कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेका छन् । इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ ले कटारी रग्बी क्लब र महिलातर्फ हेटौंडाले १४—५ ले हिमालयन टाइगर रग्बी क्लबलाई हराउँदै उपाधि जितेको हो ।
विजेता दुबै टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेतालाई माई नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे ।
पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौंडाकी पुष्पा खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नविन दलार्मी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे । नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगिता कोशी प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो ।
प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी थिए । प्रतियोगिताबाट आगामी अगस्टमा नेपालमा हुने यु–२० एसिया रग्बी सेभेन्स प्रतियोगिताको लागि नेपाली टोलीको छनोट हुनेछ ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]