2 years ago
June 10, 2023
हिमाल खरेल, बिर्तामोड
दिलिपकुमार चौधरीले दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी तौल समूहका विजेता समेत रहेका दिलिपले उपाधि हात पारेका हुन् ।
अलग अलग तौल समूहका विजेताबीच च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । उपाधिसँगै दिलिपले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका हुन् । त्यस्तै, प्रतियोगितामा ७० केजी तौल समूहका सनम लिम्बू दोस्रो र ७० केजी माथि तौल समूहका सन्दीप गिरी तेस्रो भए । सनम केज टोटल फिट्नेस इलाम र सन्दीप धरान फिट्नेसका हुन् ।
चौथोमा धर्मराज खापुङ भए । ५५ केजी तौल समूहका उनी उर्लाबारीका हुन् । ६० किलो तौल समूहका नेपाल अजय मल्लिक पाँचौँ भए । उनी नेपाल पुलिस क्लबका हुन् । सनमले २ लाख ५० हजार, सन्दीपले १ लाख ५० हजार, धर्मराजले १ लाख र अजयले ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
तौल समूहअन्तर्गत ५५ किलौ तौल समूहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोस्रो र दिवश श्रेष्ठ तेश्रो भए । त्यस्तै, ६० किलो तौल समूहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोस्रो र युवराज बस्नेत तेस्रो भए । दिलिपले जितेको ६५ किलो तौल समूहमा हर्कबहादुर राई दोस्रो र ओशन कार्की तेस्रो भए । ७० किलो तौल समूहमा सनम लिम्बू पहिलो, मदनकुमार योङहाङ दोस्रो र सागर राई तेस्रो भए ।
७० किलो माथिको तौल समुहमा भने २ जना मात्रै सहभागी थिए । प्रिजजिङमा ३ जना सहभागी भए पनि एकजना खेलाडी कोशी प्रदेशबाहिरको भएकाले बाहिरिएका थिए । बाँकी रहेका २ जना मध्ये सन्दिप गिरी पहिलो र प्रसिद्ध भक्तराज तेस्रो भएका छन् ।
विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रतियोगीताका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
समूहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता आयोजकले सोचेअनुरुप भव्य र सभ्य तरिकाले सम्पन्न भएको सचिव राजेश गिरीले बताए ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]