2 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन बैंक गल्फ प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा दुई दिन सम्म चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडीको सहभागिता रहने हिमाल बैंकका चिफ मेनेजर समिर आचार्यले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिजिन, गेस्ट, हिमालयन बैंक ग्राहक, जुनियर र गल्र्सको प्रतिस्पर्धा हुने बताएका छ । आचार्यका अनुसार २० वटा विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । बैंकको ३० औं बार्षिक उत्सावको वर्ष रहेकोले प्रतियोगितामा ३० औं स्थान प्राप्त गर्ने खेलाडी पनि पुरस्कृत हुनेछन् ।
पहिलो दिन ६० र बाँकी खेलाडीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । ३/४ ह्यान्डीक्यापका आधारमा प्रतियोगिता हुनेछ । हिमालयन बैंकका चिफ मेनेजर जयन्द्र विक्रम शाहले प्रतियोगिता नियमित रुपमा आयोजना हुँदै आएको बताए । शाहले भने ‘हामी सहभागी सबैलाई धन्यवाद दिन्छौं । उहाँहरुको उत्साहजनक सहभागिताकै कारण प्रतियोगिता दुई दिन गर्दैछौं ।
’आरएनजिसीका मानार्थ महासचिव कसनकुमार अग्रवालले लगातारको सहकार्यका लागि हिमालयन बैंकलाई धन्यवाद दिए । आरएनजिसीका कप्तान मिथुन राईले प्रतियोगितालाई सफल पार्न हरसम्भव प्रयास गर्ने बताए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]