2 years ago
June 1, 2023
पोखरा (हाम्रो खेलकुद)– दोस्रो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक नेपाल ओलम्पियन्स संघले जनाएको छ ।
पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा जेठ १९ देखि २१ गते सम्म संघले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष दीपक विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पहिलो पूर्नमिलन र सम्मान गत वर्ष काठमाडौंमा आयोजना भएको थियो ।
संघका अनुसार ओलम्पियनहरु जेठ १९ गते पोखरा पुग्नुछन् । जेठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम आयोजना हुनेछ । जेठ २१ गते संघको वार्षिक साधारण पनि पोखरामा नै हुने बताइएको छ ।
सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ रहेको संघले जनाएको छ ।
कार्यक्रममा देशभरमा रहेका ५० बढीको सहभागिता रहने संघले अनुमान गरेको छ । ओलम्पियन मध्ये केहि विदेशमा रहेको र १० जनाको मृत्यु भइसकेको संघले सोही कार्यक्रममा जानकारी दिएको यिथो । सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको स्मरण गर्दै सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन बताइएको छ ।
खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्ररित गर्ने उद्देश्यका साथ पूर्नमिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको संघले बताएको छ । कार्यक्रम आयोजनाका लागि गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिकल, प्रदेश खेलकुद विकास परिषद् गण्डकीको विशेष सहयोग रहेको बताइएको छ ।
केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन रहेको कार्यक्रमलाई जिमी ग्रुपप, मोतीदान कन्स्ट्रक्सन, सिद्धार्थ बैंक, नबिल बैंकले प्रायोजन गरेका छन् । राइका टुर्स एन्ड ट्रेक्स, नेपाल लिक्वर्स प्रा.ली. एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्सले पनि को कार्यक्रममा सहयोग गरेको जनाएको छ । हस्पिटालिटी पार्टनरका रुपमा वर पिपल रिसोर्ट, होटल बाराही, द होटल लेकसाइड, होटल बुटिक पोखरा, होटल किग्स पोखरा छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]