2 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लबले पोखरामा आयोजित वडा कप फुटबल विजेता वडा नम्बर १४ टोलीलाई सम्मान गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीबाट जर्सी प्रदान गरेको थियो ।
पोखरा रंगशालामा वडा कप विजेता वडा नम्बर १४ लाई क्लबका अध्यक्ष दीपेश खत्रीले एक कार्यक्रमकाबीच सम्मान गरेका थिए । कार्यक्रममा दीपेश खत्रीले युवा खेलाडीलाई हौसला बढाउन उक्त कार्यक्रम गरेको बताए ।
माछापुच्छ्रे क्रिकेट क्लब वडा नम्बर १४ मा १४ वर्षअघि दर्ता भएको क्लब हो । क्रिकेट सिक्न चाहने युवा खेलाडीलाई प्रशिक्षण व्यवस्था गर्न वडाले आफ्नो क्षेत्रमा निशुल्क लिजमा जग्गा उपलब्ध गराउने समेत अध्यक्ष कार्कीले बताएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]