default_image

2 years ago

May 31, 2023

झापा जिल्ला बेसबल तथा सफ्टबल अध्यक्षमा अधिकारी

380 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा खेम अधिकारी चयन भएका छन् । आज झापा भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा विनित बास्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा जिवेश ओली, गीता खड्का, अतीत खनाल, नविन श्रेष्ठ, रोहित राजवंशी, विपिन कार्की र दिलकुमार भूजेल चयन भएका छन् ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष दिपक न्यौपाने, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, तेह्रथुम जिल्ला अध्यक्ष राजेन्द्र बराल लगायतले नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.