2 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन् । जसमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छन् । छनोट हुनेमा ३ महिला र ५ पुरुष खेलाडी छन् ।
नेपाल कराते महासंघको आयोजनाामा बुधबार सम्पन्न छनोटमा ५ खेलाडीले एसियाडमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । पहिलो दिन मंगलबार ३ खेलाडी छनोट भएका थिए । दोस्रो तथा अन्तिम दिन एरिका गुरुङ, सविना श्रेष्ठ, मोहमद शेखा आलम र विप्लवलाल श्रेष्ठ छनोट भएका हुन् ।
एरिका ६८ केजी माथि र सविना ६१ केजी मुनिको तौल समूहमा छनोट भएका हुन् । मोहम्मद शेख ७५ केजी तथा विप्लव ८४ केजी माथिको तौल समूहमा छनोट भएका हुन् । विप्लव चार वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडी हुन् ।
पहिलो दिन कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा भएको प्रतिस्पर्धामा एलिसा र स्वोनिम विजयी भएका थिए । कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ एयिाडका लागि छनोट भएका थिए ।
कातामा ६ र कुमुतेमा ३१ गरि ३७ जना खेलाडीले छनोटमा भाग लिएका थिए । खुलाबाट छनोट हुने र एसियाडका लागि छनोट नभएका खेलाडीबीचको अर्को प्रतिस्पर्धाबाट हरेक तौल समूहमा छनोट प्रतिस्पर्धा हुनेछ । ती छनोट भएका खेलाडीलाई राष्टिय टोली बी टोलीमा रहनेछन् । चीनको हान्झाउमा असोज ६ देखि २१ गते सम्म १९ औं एसियाड हुनेछ ।
एसियाडका लागि छनोट भएका खेलाडी
नाम इभेन्ट
स्वनिम मानन्धर, एकल काता
एलिसा रासकोटी मगर, एकल काता
सविना श्रेष्ठ, ६१ केजी मुनी
एरिका गुरुङ, ६८ केजी माथि
सन्तोष श्रेष्ठ , ६०–६७ कजी
मोहम्मद शेख आलम, ७५ केजी माथि
विप्लवलाल श्रेष्ठ, ८४ केजी माथि
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]