2 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ ।
नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा भएको प्रतिस्पर्धामा एलिसा र स्वोनिम विजयी भएका थिए । महिला र पुरुष दुवैतर्फको कातामा समान ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ एयिाडका लागि छनोट भएका छन् । दुई दिने छनोटमा कुमुतेका ५ खेलाडी बुधबार छनोट हुनेछन् । एसियाडका लागि छनोट हुने बाँकी करातेको राष्ट्रिय बी टोलीका लागि पनि खेलाडी छनोट गरिने बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए । कराते महासंघका अध्यक्ष युवराज लामाले कराते अनुशासितहरुको खेल हो भन्नेमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले अनुशासन तोड्नेलाई महासंघले कारवाही गर्ने पनि बताएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]