2 years ago
May 29, 2023
बेथानचोक (हाम्रो खेलकुद) – खानीखोला गाँउपालिका भलिबल क्लबले चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा खानीखोला महांकाल गाउँपालिकालाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो ।
बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा महाभारत गाउँपालिका र पनौती नगरपालिका सेमिफाइनल पुगेका थिए । विजेता खानीखोलाले उपाधिसहित ६० हजार महांकालले ४० र सेमिफाइनल पुगेका दुई टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । बेथानचोक २ ढुंखर्कमा जेठ १२ गतेदेखि १५ गतेसम्म सञ्चालन प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।
खानीखोलाका सुमन थोकर सर्वोत्कृष्ट खेलाडी घोषित भए । महांकालका सुदीप सिंतान उत्कृष्ट डिफेन्डर, खानीखोलका मनराज आलेमगर उत्कृष्ट ब्लकर सोही क्लबका सुवास थोकर उत्कृष्ट सेटर, महांकालका सुनिल विक उत्कृष्ट स्पाइकर चुनिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा रानालगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
आयोजक समितिका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा भएको समापनमा बेथानचोक गाँउपालिकाका वडाध्यक्षहरु १ का मधुसुदन तिमल्सिना, २ का पुरुषोत्तम तिमल्सिना, ५ का राजकुमार वाईबा, बेथानचोकका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, ललितपुरको महांकाल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामप्रसाद घिमिरे, ३ का अध्यक्ष मनोजकुमार पराजुली, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा, पार्वती क्याम्पसमा सहायक प्रमुख राजेश तिमल्सिना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सिना, महांकाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष राजु लामा लगायतको उपस्थिति थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।