2 years ago
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले बंगलादेश एमेच्योर ओपन गल्फमा नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाएका सुबाश तामाङ र सद्भाव आचार्य सम्मान गरेको छ ।
नेपाल गल्फ संघको साधारण सभामा आइतबार नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश र राष्ट्रिय टिमका सदस्य सद्भावलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
उनीहरूले गत मार्चमा बंगलादेशको ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सम्पन्न बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक जितेका थिए । यी दुई खेलाडीले सुर्य नेपाल गल्फ टुरमा पनि उपाधि जितिरहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]