default_image

2 years ago

May 26, 2023

बेथानचोक कप भलिबल -आयोजक र खानीखोलाको जित

167 views

0 Bookmark

बेथानचोक (हाम्रो खेलकुद)– चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् ।

पहिलो खेलमा आयोजक टोलीले महांकाल गाँउपालिकालाई वेष्ट अफ थ्रीमा २–१ ले हराएको थियो । समूह डीमा दुई टोली मात्र रहेकाले आयोजक विजेता र महांकाल उपविजेताका रुपमा क्वार्टरफाइनलमा पुगेका छन् । अर्को खेलमा खानीखोलाले चौरी देउराली गाँउपालिका लागि २–० को सोझो सेटमा हरायो । समूह एमा अर्को टोली पनौती नगरपालिका रहेको छ ।

जेठ १५ गते सम्म सन्चालन हुने प्रतियोगिताको समूह बीमा महभारत गाँउपालिका, न्यू गौखुरेश्वर युवा क्लब धुलिलखेल, बेथानचोक ३ तथा समूह बीमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक २ रहेका छन् । सहभागी १० टोलीमध्ये ललितरपुरको महांकाल आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागी भएको हो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले रेफ्री संयोजक रहेका राष्ट्रिय रेफ्री विजयकृष्ण बादेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । अध्यक्ष अधिकारीले खेल सिकाईको एउटा दरिलो माध्यम भएको र यसले युवापुस्तामा अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता–असफलता, धैर्यताको विकास हुने उल्लेख गर्दै त्यसकारण पालिकाले खेलकुद क्षेत्रमा लगानी गरेको बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख प्रमोद (सिताराम) तिमल्सिनाले गाउँपालिकको स्थापनासँगै भलिबल प्रतियोगिता आयोजना गर्दै आएको स्मरण गर्दै कोभिड १९ का कारण पछिल्लो २ वर्ष रोक्नु परेको बताए ।
बेथानचोक भलिबलका लागि संभावना बोकेको क्षेत्र भएकाले गाउँपालिकाले अन्य खेलकुदका साथै भलिबलमा लगानी गरेको उल्लेख गर्दै तिमल्सिनाले भने, ‘सिमित साधन श्रोतका बाबजुत खेलाडीले देखाएको लगन र खेलभावना प्रशंसनिय छ ।’

आयोजक बेथानचोक खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिना, वडा १ का अध्यक्ष मधुसुधन तिमल्सिना,२ का पुरुषोत्तम तिमल्सिना,३ का कुवेर ढकाल, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, गाउँपालिका खेलकुद विकास समितिका पदाधिकारी, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा लगायतको उपस्थिति थियो ।

लिग कम नकआउटको आधारमा प्रतियोगिताको विजेता टोलीले ६० हजार, दोस्रोले ४० तथा सेमिफाइनलमा पराजित हुने टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर घोषणा गरिन पुरस्कृत गरिने आयोजक बेथानचोक खेलकुद विकास समितिले जनाएको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.