2 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागतका साथ सम्मान गरेको छ ।
एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए ।
मन्त्री लिम्बूले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेकोमा पनि जोड दिए । उनले चीनको हाङझाउमा हुने अबको एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि बताए ।
मन्त्री भण्डारीले एनओसीले स्वायत्त र फरक सस्था रहेको बताए । मन्त्री भण्डारी एनओसीका सल्लाहकार पनि हुन् । एनओसी अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए ।
कार्यक्रममा एनओसी पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा महासचिव श्रेष्ठले नयाँ खेलकुद ऐन अनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटि हुने बताए । उनले एनओसी र राष्ट्रिय खेलकुद परिषदबीच कुनै विवाद नरहेको पनि बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]