2 years ago
May 23, 2023
हिमाल खरेल, बिर्तामोड
सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै सुरु गर्न माग गरेका हुन् ।
प्रदेश सरकारले बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई स्पष्टीकरण सोध्दै प्रभु बैंकमा रहेको बोर्डको खाता पनि रोक्का गरेको छ । वाग्लेलाई बर्खास्त गरिए पनि उच्च अदालत मोरङले पुनर्बहाली गर्न आदेश दिइसकेको छ ।
बोर्डको खाता रोक्का हुँदा बोर्डले यसअघि नै निर्णय गरेका एक दर्जन प्रतियोगिता अन्योलमा परेका छन् । सामाजिक विकास मन्त्रालयले खाता बन्द गर्दा गत फागुन १६ गते सम्पन्न भद्रपुर झापा गोल्डकपको रकम पनि उपलब्ध हुन सकेको छैन । त्यस्तै, हुन बाँकी प्रतियोगिता पनि अन्योलमा परेका छन् ।
खेलाडीलगायत विभिन्न खेलाडी आबद्ध संघसंस्थाका प्रतिनिधि सामाजिक विकास मन्त्रालय पुगेर घेराउ गरी तत्काल खाता सुरु गर्न माग गरेका हुन् । सदस्य सचिवले गल्ती गरेको बहानामा हुन बाँकी प्रतियोगिता अन्योलमा पार्न नहुने झापा जिल्ला खेलुकद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
बैंक खाता बन्द भएपछि बैशाखदेखि असार पहिलो सातासम्म सञ्चालन हुने विभिन्न खेलका १३ वटा प्रतियोगिताका लागि विनियोजन भइसकेको रकम रोकिएको छ । बाँकी रहेको प्रतियोगिताका लागि झन्डै दुई करोड रुपैयाँ विनियोजन भइसकेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]