2 years ago
May 22, 2023
हिमाल खरेल, बिर्तामोड
कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको छ । प्रतियोगिता जेठ २५ र २६ गतेका लागि सारिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले बताए ।
कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डका सदस्यसचिवबीच भएको आन्तरिक विवादका कारण प्रतियोगिता सारिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताका लागि बोर्डले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । चैत १६ गतेको बोर्डको बैठकले सो बजेट उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रतियोगिता संयोजक तथा आयोजक बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालका अनुसार जेठ २५ गते बिहीबार दिउँसो १२ बजेदेखि बिर्तामोडको अतिथि सदनमा प्रिजजिङ र २६ गते दिउँसो १२ बजेदेखि सिटी सेन्टरमा फाइनल राउन्ड हुनेछ । बडी ग्यारेजले दुई वर्षअघि कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडिबिल्डिङ प्रतियोगिता गरेको थियो ।
दोस्रो संस्करणको प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका अर्का संयोजक दिपेन चौधरीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको सचिव राजेश गिरीले जानकारी दिए ।
साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ । काठमाडौँ उपत्यका बाहिरको सर्वाधिक धनराशि र सुविधा भएको प्रतियोगिता बिर्तामोडमा हुन लागेको संयोजक दाहालले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]