2 years ago
May 22, 2023
दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतका इन्द्रजित महिन्द्रकारले एकल अग्रता बनाएका छन् । आठौं चरणको खेल सकिदा अपराजित रहँदै इन्द्रजितले साढे सात अंक सहित एकल अग्रता लिएका हुन् ।
राम्रो प्रदर्शन गरेका इन्द्रजितले सातौ चरणको खेलमा भारतका मोहित कुमार र आठौं चरणको खेलमा भारतकै धनविर सिंह यादवलाई हराएका थिए । त्यसैगरी नेपालका नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल , भारतका अपोलोसना माङ्गाङ , बेदान्त नगरकट्टे, सोराम राहुल सिंहले साढे ६ अंक हात पारी इन्द्रजितलाई पछाई रहेका छन् ।
रुपेशले सातौं चरणको खेलमा १४ बर्षका पुरुषोत्तम सिलवाललाई हराए भने आठौं चरणको खेलमा भारतका अपोलोसनासंग बराबरी खेले । अपोलोसनाले आठौं चरणको खेलमा भारका ज्ञानेन्द्र साहुलाई पन्छाउन सफल भए ।
दोलखाको कालिन्चोक माध्यमिक स्कुलमा संचालन भइरहेको प्रतियोगितामा नेपालका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, पुरुषोत्तम चौलागाईं सुशुरत दाहाल , भारतका प्रियन्का बरुवा, सुभद्रा राय, दावा लामा ६ अंक सहित तेस्रो स्थानमा छन् । बद्रीलाल नेपाली, अंकित विश्वास , राजन पुरी , निशान्त श्रेष्ठले साढे ५ अंक जोडेका छन् ।
कुल ४ लाख ८३ हजार रुपैयाँ पुरस्कार भएको रहेको प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधामा गरि ३७ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणको खेल मंगलबार हुनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]