default_image

2 years ago

May 21, 2023

दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन

295 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक र विभिन्न जातजातीका समूहले मार्च पास्ट गरेका थिए । सो अवसरमा ठूलो आतिसीबाजी भएको थियो । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल र आर्मीलगायतले विभिन्न जातजाती र भेषभुसा झल्कने नृत्य प्रस्तुत गरे ।

प्रमुख अतिथी जमकट्टेलद्वारा हस्तान्तरण गरिएको ओलम्पिक टर्चलाई ओलम्पियनहरू भक्तबहादुर सापकोटा, जितबहादुर मोक्तान र रामबहादुर गिरीले टर्च ¥याली गराएका थिए । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द गुरुङले प्राविधिकको तर्पmबाट सपथ लिए ।

आयोजक बागमती प्रदेशका सदस्यसचिव तथा प्रतियोगिता संयोजक सूर्यलाल भण्डारीले प्रतियोगिताका आगन्तुक पाहुनालाई स्वागत गर्दै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको रूपमा पनि यो प्रतियोगितालाई लिइएको बताए ।

बागमती प्रदेश सरकारको सहयोगका कारण खेलाडीहरूका लागि नियमित रूपमा हुनुपर्ने प्रदेशको ठूलो आयोजना गर्न सम्भव रहेको उनको भनाइ रह्यो । मुख्यमन्त्री जमकट्टेलले जारी प्रतियोगिता मात्र नभई यो प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता पनि गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि यो प्रदेशले आफूलाई उत्कृष्ट तयारी गराउन सक्ने औंल्याए ।

उद्घाटन समारोहमा बागमति प्रदेश खेलकुद परिषद्की अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बाग्मती प्रदेशका मन्त्रीहरू, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला, प्रकाश कुसारी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत उपस्थिति थिए ।

प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल २ हजार ५ सय २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १ हजार ४ सय २७ पुरुष र १ हजार ७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल सुरु भइसकेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले ५ हजार, रजत पदक विजेता ४ हजार र कांस्य विजेताले ३ हजार पुरस्कार पाउने बागमती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

महिला क्रिकेटमा चितवन र काठमाडौं विजयी

काठमाडौं र चितवनले बाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आइतबार विजयी सुरुआत गरेका छन् ।
चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको महिला क्रिकेटमा काठमाडौंले भक्तपुरलाई ६ विकेट र चितवनले ललितपुरलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन् ।

बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी १३ खेलमध्ये महिला क्रिकेट पहिलो प्रतिस्पर्धा हो । सोमबार भएको पहिलो खेलमा भक्तपुरले प्रस्तुत गरेको ७५ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंको जितमा यशोदा विष्टले सर्वाधिक १४ रन, विन्दा कटवालले १३ रन र अस्मिता खरेलले ११ रनको योगदान दिए ।

भक्तपुरले अतिरिक्त ३५ रन खर्चिएपछि काठमाडौंलाई जित निकाल्न सहज भयो । भक्तपुरकी पूजा साउदले दुई तथा स्वेच्छा खड्काले एक विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ७५ रनको झिनो योगफल खडा ग¥यो । भक्तपुरका लागि एलिशा खड्काले २२ रन र पूजा साउदले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौंको बलिङमा अस्मिता खरेलले तीन विकेट तथा यशोदा विष्ट र संस्कृति फुँयालले एक विकेट लिए ।

अर्को खेलमा ललितपुरले प्रस्तुत गरेको ८८ रनको लक्ष्य चितवनले ९ ओभरमा विनाविकेट पूरा ग¥यो । चितवनको जितमा ओपनरद्वय हेलिसा गुरुङ १९ रन र सुमन खतिवडा ५३ रनमा अविजित रहे । अर्धसतक प्रहार गरेकी सुमनको इनिङमा ९ चौका र एक छक्का रह्यो । ललितपुरका बलर यी ओपनरसामू निरिह भए । त्यसअघि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८७ रनको योगफल खडा ग¥यो ।

ललितपुरका लागि यशु पाण्डले १६ रन र दीपा पौडेलले ११ रन बटुल्दा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । चितवनको बलिङसामू ललितपुरका ब्याटर लामो समय टिक्नै सकेनन् । चितवनको बलिङमा हेलिशा, निसा तामाङ र सुमन खतिवडाले समान दुई विकेट लिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.