default_image

2 years ago

May 9, 2023

स्पष्टीकरण सोध्ने मन्त्रालयले नै प्रयोग गर्यो पुरानै खाम

218 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ ।

कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई वैशाख १७ गते पत्र पठाएर सातदिने स्पष्टीकरण सोधेको थियो । तर, सदस्य सचिव हंसराज वाग्लेलाई पठाइएको गोप्य परिपत्रको खाममा भने प्रदेश नम्बर १ नै उल्लेख छ ।

मन्त्रालयले वाग्लेलाई पुरानै लेटरप्याड प्रयोग गरेर परिपत्र र कार्यक्रम गरेकोमा स्पष्टीकरण सोधे पनि आफैँले गल्ती दोहोर्याएको पाइएको छ । मन्त्रालयले पनि पुरानै खाम प्रयोग गरेको हो ।

सदस्यसचिव वाग्लेले वैशाख २४ गते स्पष्टीकरण सोधिएको पत्रको जवाफ पठाइसकेका छन् । स्पष्टीकरण माग्ने मन्त्रालयले उल्टै जवाफ दिनुपर्ने उनले जिकिर गरेका छन् । वाग्लेले मन्त्रालयमा बुझाएको सबै डकुमेन्टमा कोसी प्रदेश उल्लेख भएको पाइएको छ ।

वैशाख १४ गते झापाको दमकमा भएको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा वाग्लेले प्रदेश नाम उल्लेख नगरी कार्यक्रम गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको आरोप छ ।

मन्त्रालयले यही कारण देखाउँदै बोर्डको बैंक खातासमेत रोक्का गरेको छ । बैंक खाता रोक्का हुँदै भलिबल लगायत आसन्न प्रतियोगिता गर्न असहजता उत्पन्न भएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.