2 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एमआईएस अन्तर विद्यालय खेलकुद अर्को महिना आयोजना हुने भएको छ । उपत्यकाका ८ विद्यालयको सहभागितामा जेठ ८ गते देखि ११ गते सम्म एमआईएसकै परिसरमा विभिन्न खेल प्रतियोगिता आयोजना हुनेछन् ।
चार दिन सम्म हुने प्रतियोगितामा बास्केबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनर चेसको प्रतिस्पर्धा हुने बताइएको छ । सबै प्रतियोगितामा गरि झण्डै ५ सय विधार्थीको सहभागिता रहने आयोजक एमआईएसका पिआरओ नरेश रावलले जानकारी दिए ।
एमआईएसले वार्षिक रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताले विद्यालय र विधार्थीहरुबीचमा आपसी सम्बन्ध विस्तार, स्वच्छ प्रतिस्पर्धाको विकास हुने विश्वास लिएको एमओईएमका प्रिन्सिपल राजु पिटरले बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]