2 years ago
May 8, 2023
सुर्खेत (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा अर्को महिना दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता सुर्खेतमा हुने भएको छ ।
७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा जेठ १३ गते प्रतियोगिता आयोजना हुने एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोश्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहेकी एकेडेमीकी केन्द्रीय उप–महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।
प्रतियोगितामा लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको भिडन्त हुने छ । यसका साथै महिलातर्फ तन्नु र आकृती भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइट वेटमा डेभिडले र साइनको सामना गर्नेछन् । त्यस्तै नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेटमा भिड्ने छन् ।
लाइट वेटतर्फको विजेताले ५० हजार, ट्याग टिम च्याम्पियनले ५० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोर च्याम्पियनले ७५ हजार र हेभीवेट च्याम्पियनले १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
महासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससंगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]