default_image

2 years ago

May 1, 2023

चेस च्याम्पियन सुजना र रुपेश बंगलादेश प्रस्थान

347 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश चेस महासंघको आयोजनामा मंगलबार ढाकामा सुरु हुने एसियन जोन ३.२ चेस च्याम्पियनसिपमा भाग लिन फिडे मास्कर सुजना लोहनी र रुपेश जैसवाल सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

वैशाख १० गते सम्पन्न नेसनल चेस च्याम्पिनसिपमा सुजना महिलातर्फ र रुपेश खुलातर्फ विजेता बन्दै एसियन जोनका लागि छनोट भएका थिए । ढाकामा वैशाख २८ गते सम्म हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

खुल्ला तर्फ उत्कृष्ट लयमा रहेका २१४९ रेटेड खेलाडी रुपेश च्याम्पियनसिपमा १२ औं वरियतामा रहेका छन् । १७४३ रेटेड खेलाडी सुजनाले नवौं वरियतामा च्याम्पियनसिपको सुरुवात गर्नेछिन् । सुजना र रुपेशलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुर प्रसाद गौतमलगायतका पदाधिकारीकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.