2 years ago
April 29, 2023
हिमाल खरेल, दमक
कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।
फाइनलमा गण्डकी २५–१९, २५–२० र २५–१० ले जितेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयाेजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ लाख र कोशीले २ लाख रुपैयाँ प्राप्त गर्यो ।
व्यक्तिगततर्फ पनि गण्डकीले बढी उपाधि जित्यो । गण्डकीका रवि केसी सर्वाेत्कृष्ट खेलाडी घाेषित भए र उनले २० हजार रुपैयाँ प्राप्त गरे । गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक, हिमाल सुनारी उत्कृष्ट ब्लकर, कुन्जन शाही उत्कृष्ट लिबेरो, सुजन चोखाल उत्कृष्ट लिफ्टर चुनिए । कोशीका समित श्रेष्ठ उत्कृष्ट स्पाइकर र विष्णु बस्नेत उत्कृष्ट सर्भर घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता, उपविजेता टोलीका खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कृत गरे । प्रतियोगितामा गण्डकी, कोशी, मधेश प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।