8 years ago
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले सातौं राष्ट्रिय खेलकुदको दौरान मृत्यु भएका फुटबल प्रशिक्षक बासुदेव भट्टराई र कालिकोट जिल्ला खेलकुद कार्यालयका प्रमुख कर्ण खड्काको परिवारलाई आर्थिक सहयोग गर्ने बिहीबार निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको सिफारिसमा सरकारले भट्टराई र खड्काको परिवारलाई १०/१० दिने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रबाट खेलकुदको विकासमा योगदान गरिरहेका भट्टराई र खड्काको असामयिक निधनले ठूलो क्षति भएको उल्लेख गर्दै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भीम ओलीले सरकारको उहाँहरुको सम्मानलाई परिवारलाई आर्थिक सहयोग गर्ने निर्र्णय स्वागत योग्य भएको बताए ।
पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीको क्रममा भट्टराईको हृदयघातका कारण मृत्यु भएको थियो । खड्काको दुर्घटनामा परेर मृत्यु भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]