2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रेणी स्विट होटलको फिटनेस एन्ड स्पा पुनः सन्चालनमा आएको छ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र कलाकार किरण केसीले फिटनेस एन्ड स्पाको बिहीबार उद्घाटन गरेका छन् ।
डेढ वर्ष अघि फिटनेस सेन्टरमा आगलानी भएको थियो । इन्द्रेणीका अध्यक्ष शम्भु श्रेष्ठले विगतमा भन्दा पनि सुविधाजनक फिटनेस र स्पा सेन्टर सुरु गरिएको जानकारी दिए । उनले ग्राहकहरुको सुविधाका लागि एउटै छाना मुनी उपलब्ध गराउने उद्देश्यका साथ फिटनेस एन्ड स्पा पुन सञ्चालनमा ल्याइएको बताए ।
फिटनेस सेन्टरमा बार्षिक ग्राहकको योजना पनि रहेको छ ।बानेश्वरस्थित इन्द्रेणीमा ब्याङक्वेट, सेमिनार हल, रेष्टुरेन्टको पनि सुविधा रहेको छ । त्यस्तै बड लाउन्जको पनि सुविधा रहेको श्रेष्ठले जानकारी दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]