default_image

2 years ago

April 26, 2023

सावित्रा र करण पोखरा स्पोर्ट्स अवार्डको मनोनयनमा

210 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी सम्बा र राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी पोखरा स्पोर्टस अवार्डको मनोनयनमा परेका छन् ।

नेपाल खेलकुद पत्रकार मन्च गण्डकीको आयोजनामा वैशाख २३ गते हुने अवार्डको सातौं संस्करणको मनोनयन बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । मन्चले वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, उदियमान र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । सबै विधामा समान ३ जना मनोनयनमा छन् ।

वर्ष २०७९ मा प्राप्त उपलब्धिको आधारमा मनोनयनमा राखिएको मन्चका महासचिव राजाराम पौडेलले बताए । करणसँगै वर्ष खेलाडी पुरुषको मनोनयमा आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का छन् । करण बागलुङ, गंगा तनहुँ र प्रदीप कास्कीका हुन् ।

सावित्रासहित वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयमा रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर छिन् । रोजिना र सुस्मिता बागलुङ र तथा सावित्रा लमजुङकी हुन् । उदियमान खेलाडीको मनानेयमा भलिबलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी परेका छन् । रवि र सुवास बागलुङ तथा सुमित कास्कीका हुन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयमा आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । गुरुङ र थापा स्याङजा तथा सुनार कास्कीका हुन् । वर्ष खेलाडी पुरुष र महिला खेलाडीले ट्रफीसहित इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मन्चले जनाएको छ । अवार्डमा समावेश ७ विधा मध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा केहि दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जनाए ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले ट्रफीसहित ३५ हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष कविता घर्ती मगरले जनाइन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।अवार्डमा ३२ लाख ३५ हजार रुपैयाँ खर्च हुने र ३५ लाख रुपैयाँ संकलन गरिने लक्ष्य रहेको मन्चका अध्यक्ष दीननाथ बरालले बताए । उनले रकम बचत भएमा पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकास तालिममा खर्च हुने जनाए ।

अवार्डलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्डको सहयोग गरेको मन्चले जनाएको छ ।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताललगायतले पनि सहयोग रहने रहने मन्चले जनाएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.