2 years ago
April 26, 2023
इटहरी (हाम्रो खेलकुद)– कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ ।
विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो ।
ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा रहेको टोलीमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा, डम्बर कुवर, मेनुका राउत, टिकाराम श्रेष्ठको सहभागिता थियो । सोही टोलीमा त्यस्तै एसियाली खेलकुदकी कास्य पदक विजेता करातेकी सिता राई, राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का पनि रहेका थिए ।
खेलाडीहरुले विधार्थीहरुलाई विद्यालयमा रहँदै आफूलाई रुची भएको खेलमा आबद्ध भएर प्रशिक्षण गरेको खण्डमा भविष्यमा सफलता मिल्न सक्नेमा सम्भावना बढी हुने बताए । उनीहरुले खेलकुदसँगै अध्ययनलाई पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका थियो ।
त्यसअघि इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले स्कुल टु ओलम्पिक कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लले कोशी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड छनोटका दौरान देशका ख्यातीप्राप्त खेलाडीले आ आफ्नो अनुभव साट्दा नयाँ खेलाडीहरुलाई प्रेरणा मिल्ने बताएका छन् ।
सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनका दौरान प्रदेश खेलकुदले ओलम्पियन र अन्य खेलाडीलाई सम्मान गरेको थियो । स्कुल टु ओलम्पिक आयोजनाका लागि कोशी प्रदेश प्याब्सनले सहयोग गरेको थियो ।
त्यसअघि सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा सहभागी हुनुका साथै सबै खेल एथलेटिक्स, भलिबल, तेक्वान्दो, कराते, कबड्डी र उसु प्रतियोगिताका आयोजनास्थलमा पुगि खेलाडीहरु हौसला बढाएका थिए।
स्थानिय खेलकुद प्रदेशसँगको समन्वयमा ओलम्पियन्स संघले देशव्यापी रुपमा स्कुल टु कार्यक्रम आयोजनाको लक्ष्य राखे अनुरुप यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्पन्न भइसकेको र भविष्यमा अन्य प्रदर्शनमा पनि आयोजना गरिने संघका अध्यक्ष विष्टले जानकारी दिए ।
ओलम्पियनहरुको टोलीले मंगलबार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की उनकै कार्यालयमा भेट गरि कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]