2 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)- फिडे मास्टर सुजना लोहनी महिलातर्फ र फिडे मास्टर रुपेश जैसवालले खुलातर्फ अपराजित रहँदै आइतबार नेसनल चेस च्याम्पियनसिपको अन्य गरेका छन्। सुजना र रुपेश दुबैले आठौं चरणको समाप्तीमा नै उपाधि पक्का गरेका थिए ।
नेपाल बुद्धिचाल महाससंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दुबैले ८ खेलमा जित र १ खेलमा बराबरी सहित साढे ८ अंक जोडेका छन् । उनीहरूले उपाधिसहित समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
रुपेशले नवौं तथा अन्तिम चरणको खेलमा झापाका राजन सुवेदीलाई पराजित गरेका थिए । सुजनाले काठमाडौकी सिन्दिरा जोशीलाई हराइन् ।
खुलामा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा दोस्रा र फिडे मास्टर क्षितिज भण्डारी तेस्रा भए । दुबैले साढे ६ अंक जोडेका थिए । रुपेश, सुरवीर र क्षितिज २०२४ मा हुने राष्ट्रिय प्रतियोगिताको लागि पनि छनौट भएका छन्। सुरवीरले १५ हजार क्षितिजले १० हजार रुपैयाँ पाए।
दिव्यास् मल्ति प्रोडक्सनको मुख्य प्रायोजनामा र रुक्मणी टुर्स ट्राभल्सको सह प्रायोजनामा भएको प्रतियोगिताको महिलातर्फ पर्साकी सुशिला गुरुङ दोस्रा र मोरङकी शान्ती धिमाल तेस्रा भइन्।
सुशिलाले १५ हजार र शान्तीले १० हजार रुपैयाँ प्राप्त गरिन् । साढे ५ अंक जोडेका सुशिला र शान्ती बीचको नवौं चरणको खेल बराबरीमा टुंगिएको थियो। सुजना सहित सुशिला र शान्ती पनि आठौं महिला राष्ट्रिय प्रतियोगिताको लागि छनोट भइन् ।
रुपेश र सुजनाले बंगलादेशमा यहि मे मा हुने वर्ल्ड कप साइकल एशियन जोनल ३. २ च्याम्पियनसिप, काजकिस्तानमा हुने एसियन च्याम्पियनसिप र हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
विजेता खेलाडीहरुलाई पूर्व सभामुख कृष्णबहादुर महराले पुरस्कृत गरे। वैशाख ५ गतेदेखि संचालन भएको प्रतियोगितामा खुला र महिलातर्फ समान १० खेलाडीहरुको सहभागिता रहेको थियो । राउन्ड रोबिनको आधारमा प्रतियोगिता भएको थियो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]