default_image

2 years ago

April 22, 2023

एनएसजेएफ झापा – अध्यक्षमा मुखियासहित सबै सर्वसम्मत

244 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।

शनिबार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले मुखियासहित कार्यसमिति सर्वसम्मत चयन भएको छ । मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरन्जिवी घमिरे छन् । सहसचिवमा भूमिका सुब्बा र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन भएका छन् ।

सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् । जिल्ला फुटबल संघ, झापाका अध्यक्ष भगीरथ आले नेतृत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेका थिए ।
त्यसअघि कोशी प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीना कार्कीले अधिवेशनको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.