2 years ago
April 22, 2023
काठमाडौ (हाम्रो खेलकुद) – जुनियर र महिला गल्फ खेलाडीलाई लक्षित एनजिए–आरएनजिसी युवा प्रशिक्षण कार्यक्रम शनिबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा सुरु भएको छ ।
नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुबाश तामाङले प्रशिक्षणको उद्घाटन गरे । रोयल नेपाल गल्फ क्लबमा हरेक शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पहिलो दिन १० महिला सहित ४५ जनाले भाग लिएको नेपाल गल्फ संघ (एनजिए) ले जनाएको छ । पहिलो चरणमा सहभागीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गराइएको एनजिएका महासचिव सी.बी. भण्डारीले जानकारी दिए ।
‘पहिला देखि गल्फ खेलिरहेका र पहिलो पटक खेल्न आएकालाई छुट्टा छुट्टै समूहमा राखेर गल्फ सिकाउन लागिएको हो,’ उनले भने,’हाललाई हप्तामा एक दिन सञ्चालन गरिने र सहभागीहरुको आवश्यकता अनुसार उनीहरुको स्कुलको समय मिलाएर केहि समय पश्चात हरेक हप्ता दुई वा तीन पटकसम्म प्रशिक्षण गराईनेछ ।’
गत महिना प्रशिक्षण कार्यक्रमका लागि एनजिए र आरएनजिसीबीच जुनियर र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिने विषयमा सम्झौता भएको थियो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]