2 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु टोली रेड पान्डा एफसीलाई शनिबार ३–१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो । शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवशब शनिबार सन्चालन गरिएको आयोजक समितिले जनाएको छ ।
जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले २ र शेखर शाहीले १ गोल गरेका थिए । १० औं मिनेटमा अभिषेकको गोलबाट जुम्लाले अग्रता लिएको थियो । दोस्रो गोल शेखरले २० औं मिनेटमा गरेका थिए । ४५ औं मिनेटमा जुम्ला खेलाडीको आत्मघाती गोलमा खेल २–१ को अवस्था पुगेको थियो । खेल सकिन चार मिनेट बाँकी रहँदा अभिषेकले अर्को गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । जुम्लाले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
भामवाडा फुटबल क्लबको आयोजनामा चैत २९ गते देखि सन्चालन भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो । स्वर्गिय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको थियो । भामवाडा फुटबल क्ल्बका तत्कालीन कप्तान हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको एक सफल खेलाडी गुमाउनुपरेकोले उनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सेजुवालले बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]