2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेसनल चेस च्याम्पियनसिपको चौथौं दिनको समाप्तीमा महिलामा फिडे मास्टर सुजना लोहनी र खुलामा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता कायम राखेका छन्।
छैटौं चरण खेल सम्पन्न हुँदा रुपेश र सुजनाको समान ६ अंक छ । रुपेशले पाँचौ चरणमा ललितपुरका राजन पुरी माथि सहज जित निकाले भने छैटौं चरणको रोचक खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे।
१४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शनलाई जारी राख्ने क्रममा पाँचौमा २१ औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईंलाई खेलको ४१औं चालमा हराए । उनले छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठखाई ४६ औ चालमा निराश बनाए।
फिडे मास्टर क्षितिज भण्डारी साढे ४ अंक सहित तेस्रो स्थानमा छन्। कझापाका राजन सुवेदीसंग पाँचौ चरणको खेलमा बराबरी खेलेका क्षितिजले छैटौं चरणको खेलमा दोलखाका राजिव कार्की माथि जित निकाले।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा झापाका राजन सुवेदीको ४ अंक छ।
दिव्यासं मल्टी प्रोडक्सन रौतहटको मुख्य प्रायोजनमा र रुक्मणी टुर्स एण्ड ट्राभल्सको सह प्रायोजकमा जारी प्रतियोगितको महिलातर्फ सुजनाले पाँचौ चरणमा काठमाडौकी विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणको खेलमा झापाका पुनम प्रसाईंलाई हराइन्।
पर्साकी सुशिला गुरुङ साढे ४ अंक सहित दोस्रो स्थानमा छिन् भने मोरङकी शान्ति धिमालले ४ अंक जोडेकी छिन्। सुशिलाले पाचौं चरणमा कास्कीका पूजा भण्डारीलाई पराजित गरिन् भने छैटौं चरणको खेलमा रिया श्रेष्ठसंग अंक बाँडिन्।
शान्तिले दुवै खेलमा जित हात पार्ने क्रममा पाँचौ चरणमा रिया श्रेष्ठ र छैटौं चरणमा विनिता कपालीलाई माथ दिइन् । काठमाडौकी रियाको साढे ३ अंक छ।
काठमाडौको लाजिम्पाट हेटेल ले हिमालयमा सन्चालन भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुने महासंघले जनाएको छ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]