2 years ago
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला एफसी मुगुमा जारी हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए वान एफसीलाई बिहीबार ५–१ ले हराउँदै जुम्ला एफसी उपाधि नजिक पुगेको हो ।
जुम्लाले शुक्रबार हुने फाइनलमा रेड पान्डा एफसीको सामना गर्नेछ । अघिल्लो दिन रारा लेक साइड क्लबलाई १–० ले हराउँदै रेड पान्डा फाइनलमा पुगेको थियो । जुम्ला एफसीलाई जित दिलाउन रुविन भण्डारीले ह्याट्रिक गरेको खेलमा चक्र लामा र प्रनिल देवकोटाले समान १ गोल गरे । ए वानका लागि भिमराज मल्लले गोल गरेको आयोजक भामवाडा फुटबल क्लबका सल्लाहकार राजेन्द्र मल्लले जानकारी दिए ।
जुम्लाका लागि रुविनले १९ औं मिनेटमा पहिलो गोल गरे । चक्रले ३८ औं मिनेटमा गोल गरे । रुविनले ४० औं अर्को गोल गर्दा सोही मिनेटमा प्रनिलले पनि गोल थपे । रुविनले ६० औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । ए वानका लागि इन्जुरी समयको पाँचौ. मिनेटमा भिमराजले गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मुगुमा पहिलो पटक फुटबल प्रतियोगिता आयोजना भइरहेको बताइएको छ । स्वर्गिय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो । चैत २९ गते सुरु भएको प्रतियोगिता मुगु,जुम्ला, सुर्खेत, कास्की, चितवन र काठमाडौंका खेलाडीले सहभागी २८ टोलीबाट खेलिरहेका छन् ।
भामवाडा फुटबल क्ल्बका तत्कालीन कप्तान हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको सफल खेलाडी गुमाउनुपरेकोले उनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष गणेश सेजुवालले जानकारी दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]