default_image

2 years ago

April 20, 2023

नेसनल चेसमा रुपेश र सुजनाको एकल अग्रता

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु)– नेसनल चेस च्याम्पियनसिपमा खुला तर्फ फिडे मास्टर रुपेश जैसवाल र महिलातर्फ फिडे मास्टर सुजना लोहनीले एकल अग्रता लिएका छन् । खुलातर्फ बिहीबार सम्पन्न तेस्रो र चौथो चारणको समाप्तीमा पहिलो वरियतामा रहेका रुपेशले एकल अग्रता बनाएका हुन् । उनले ४ अंक जोडेका छन् । महिलातर्फ सुजना पनि ४ अंकका साथ एकल अग्रतामा छिन् ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनाममा जारी प्रतियोगिताको तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरेका रुपेशले दिनको पहिलो खेलमा २१ औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईलाई पराजित गरे । चौथो चरणमा रुपेशले तेस्रो चरणसम्म राम्रो लयमा रहेका १४ बर्षिय पुरुषोत्तम सिलवाल माथि कठिन जित निकाले ।

तेस्रो चरणको खेलमा कालो गोटी लिएर सिसिलियण प्रणालीमा खेल्न खोजेको पुरुषोत्तमलाई रुपेशले खेल पेट्रोफ डिफेन्स प्रणालीमा परिणत गरे । दोस्रो चरणसम्म पराजय व्यहोराका पुरुषोत्तम आक्रमणक रुपमा प्रस्तुत भएपनि ३३ औं चालमा पुग्दा एउटा सिपाही गुमाउन पुगे । त्यसपछि रुपेशले बिस्तारै खेलमा पकड जमाउदै ५३ औं चालमा जित निकाले ।

चौथो चरणमा रुपेशले पुरुषोत्तमलाई ६८ औं चालमा पराजित गरे । इङ्लिस ओपन प्रणालीमा सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले रुपेशलाई ४३ औं चालसम्म बराबरी अवस्थामा राखेका थिए । बराबरी तर्फ अग्रसर खेलको ४४ औं चालमा पुरुषोत्तमले गल्ती गरे । रुपेशले तत्काल फाइदा उठाउदै ६८ औ चालमा सफलता हात पारे ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा , फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तमको समान ३ अंक छ । सुरवीर झापाका राजन सुवेदीसंग पराजित भए । क्षितिजको लागि तेस्रो दिन सुखद रह्यो । उनले तस्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए । उनले चौथो चरणको खेलमा दोलखाका राजिव कार्कीलाई माथ दिए । सुरवीरले पनि तेस्रोपटक चरणमा राजिव कार्की माथि सफलता निकालेका थिए ।

दिव्यासं मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन र रुक्मणी टुर्स एण्ड ट्राभलको सह प्रायोजनमा संचालन भइरहेको प्रतियोगितामा ललितपुरका राजन पुरी र झापाका राजन सुवेदीको समान साढे २ अंक छ ।

महिलातर्फ सुजनाले तेस्रो चरणको खेलमा चितवनका लक्ष्मी कँडेललाई खेलको ७१ औं चालमा आत्मसमर्पण गर्न लगाइन् । सुजनाले चौथो चरणको रोचक खेलमा अनुभवको फाइदा उठाएर काठमाडौकी रिया श्रेष्ठ माथि खेलको ५७ औं चालमा जित निकालिन् ।

पर्साका सुशिला गुरु र रियो श्रेष्ठ समान ३ अंक सहित सुजनालाई पछ्याइ रहेका छन् । मोरङकी शान्ति धिमाल , लक्ष्मी र कास्कीकी पूजा भण्डारीको २ अंक छ । काठमाडौ लाजिम्पाट स्थित होटेल ले हिमालयमा जारी प्रतियोगितामा शुक्रबार पाँचौ र छैटौं चरणका खेल हुने महासंघले जनाएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.